शुक्रबार, जेष्ठ ४, २०८१

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

 काठमाडौं चैत २२,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा आज विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएको हो ।

यसअघि आज ३ बजे वोलाइएको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी रहेका मुख्यमन्त्री शाहले विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो ।

अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गर्दा समेत केहि सिप नलागपछि साजीनामा गरेको हो ।

यसैवीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि पदबाट राजीनामा दिएका छन् । विश्वासको मत प्राप्त गर्न बहुमत नपुग्ने भएपछि चौधरीले आज प्रदेश सभा बैठकलाइ सम्बोधन गर्दै राजीनामा घोषणा गरेको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु