बिहिबार, जेष्ठ ३, २०८१

केन्द्रीय नेतृत्वको उर्दी : कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा अन्यौलमा, विस्वासको मत कि राजिनामा ?

मुख्यमन्त्री शर्मा विद्रोह सहित कोशी प्रदेशको नजिर स्थापित गर्ने  तयारीमा  

काठमाडौं चैत २०,

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेको हो ।

यसवीचमा सोमवार केन्द्रीय सत्तारुढ गठबन्धनले प्रदेश सरकारको नेतृत्वको भाागशान्ति गर्ने क्रममा कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेसंगै मसख्यमन्त्री शर्माले विस्वासको मत लिने कि राजिनामा गर्ने भन्ने अन्यौलतामा परेको बुझिएको छ।

तर माओवादी केन्द्रीय नेतृत्वले कर्णाली प्रदेशको जिम्मेवारी एमालेलाइ दिन जारी गरेको उर्दीका कारण केन्द्रको यो निर्णयप्रति माओवादी प्रदेश तहका नेताहरूले तिव्र असन्तुष्टि व्यक्त  गर्दै  मुख्यमन्त्री शर्मा र उनको मन्त्रिपरिषद्का सदस्यहरू  विद्रोह सहित आज विश्वासको मत लिने र शर्माकै नेतृत्वमा  सरकार विस्तार गर्दै कोशी प्रदेशको नजिर स्थापित गर्न तयारीमा लागको बुझिएको छ।

केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएसंगै मुख्यमन्त्री शर्मा अल्पमतमा परेको छ।