बिहिबार, जेष्ठ ३, २०८१

सत्ता गठबन्धन आवद्ध चार दलबीच यसरी गरियो  प्रदेश सरकार नेतृत्वको भाग शान्ति

 काठमाडौं चैत २०,

नेकपा माओवादी नेतृत्वको सत्ता गठबन्धन आवद्ध नेकपा माओवादी नेतृत्वको सत्ता गठबन्धन आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी वाहेक चारदलवीच  सात प्रदेश सरकार नेतृत्वको लागि भाग शान्तिको नितिगत सहमति भएको    छ ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलको क्रममम प्रदेश सरकारको नेतृत्व बाँडफाँटको समझदारी भएको हो।

प्राप्त जानकारी अनुसार माओवादीको भागमा बागमती र लुम्बिनी प्रदेशको नेतृत्व परेको छ भने एमालेले गण्डकी, कर्णाली र कोसीको नेतृत्व पाउने भएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति हुँदै गदाए मधेस प्रदेशको मुख्यमन्त्रीचाहिँ जसपालाई दिने सहमति भएको बुझिएको छ।

यसवीचमा बागमती प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा पहिलो आधाकार्यकाल र त्यसपछिको कार्यकाल एकीकृत समाजवादीले मुख्यमन्त्री चलाउने सहमति भएको छ।

लुम्बिनी प्रदेशमा यसअघिको सत्ता गठबन्धन अनुसार नेपाली कांग्रेस नेतृत्वको सरकारलाइ विस्थापन गर्दै त्यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिने चारदलीय सहमति बनेको छ। त्यस्तै माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री रहेको कर्णाली प्रदेशको जिम्मेवारी एमालेलाई दिने तयारी भएको बुझिएको छ।

यसवीचमा कोशी र गण्डकी प्रदेशमा सहजरुपमा सरकार परिवर्तनको संभावना नरहेका कारण चारदलीय सहमति अनुसार सहमतिका लागि सहमति बन्ने संभावना समेत अधिक रहेको स्रोतको भनाइरहेको छ ।