सोमवार, बैशाख ३, २०८१

काँग्रेसले आसन्न उपनिर्वाचनका लागि आज आफ्नो उम्मेदवारको टुंगो लगाउँदै

 काठमाडौं चैत २०,

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका र बझाङको क्षेत्र नम्बर १ उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

आसन्न निर्वाचन प्रयोजनका लागि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्र समेतले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएर प्रचार प्रसार सुरु गरिसक्दा पनि कांग्रेसले भने उम्मेदवारको कुनै टुंगो नलगाउँदा सर्वत्र आलोलित बढेसंगै आज काँग्रेसले उम्मेदवारको टुंगो लगाउने तयारी गरेको हो ।

प्राप्त जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने संसदीय बोर्डले टुंगो लगाएके उम्मेदवारको उम्मेदवारीलाइ दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले अनुमोदन गर्ने भएको छ ।