शुक्रबार, जेष्ठ ४, २०८१

मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पाए विश्वासको मत

 काठमाडौं चैत १९,

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ५६ जना सासंदहरुले मतदान गर्दै गर्दा विपक्षमा कांग्रेसका ३७ जना सासंदहरूले मतदान गरेको हो ।

एक सय १० जना सासंदहरूमध्ये आजको प्रदेशसभा बैठकमा सभामुखसहित एक सय ९ जना सासंदहरू उपस्थित थिए ।

नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका एक जना सासंदले मुख्यमन्त्री जम्कटेलको पक्षमा मतदान गरेको हो त्यस्ते १२ जना सासंद रहेको राप्रपा र ३ जना सासंद रहेको नेमकिपा तटस्थ बसेको थियो भने हाम्रो नेपाली पार्टीकी सासंद सरिता खड्की अनुपस्थित रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु