बिहिबार, जेष्ठ ३, २०८१

बागमती प्रदेश सभाको बैठक निर्धारित समय भन्दा ३ घण्टा पछि सर्यो

 काठमाडौं चैत १९

बागमती प्रदेश सभाको आजको बैठक निर्धारित समय भन्दा ३ घण्टा पछि सारिएको छ । आजको बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

प्राप्त जानकारी अनुसार नेकपा एकीकृत समाजवादी सम्वद्ध प्रदेशसभा सदस्यहरूको उपस्थित नभएसंगै निर्धारित समयमा बैठक सुरु गर्दा आफुले स्विासको मत नपाउँने त्रासका कारण नियतवस बैठकको समय सारिएको थाहा भएको छ।

केन्द्रीय सत्तासमिकरणमा सम्मानजनक सहभागीतासंगै सात मध्ये एक प्रदेशमा आफ्नो नेतृत्वको अडान राख्दै आएका नेकपा एसले आफ्नो माग सम्बोधन नभएको भन्दै वागमती प्रदेशमा विस्वासको मत दिन वाध्यकारी नभएको जनाउ यसअघि दिएको थियो । केन्द्रीय निर्देशन अनुसार नेकपा एस सम्वद्ध प्रदेश सभा सदस्य बैठकस्थलमा पुग्न ढिलाइ गरेको स्रोतको दावी रहेको छ।

 स्मरण रहोस , सरकारमा सहभागी नेपाली कांग्रेसले फागुन २३ मा सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री जम्कट्टेलले विस्वासको मतका लागि १ सय १० सदस्य रहेको प्रदेशसभामा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा ५६ मत जुटाउने तयारी गरेको हो । तर नेकपा एसले आफ्नो माग सम्बोधनको मागदावी गरेपछि मुख्यमन्त्री जम्कट्टेलले अत्तालिदै केन्द्रीय नेतृत्वलाइ गुहार्दै आफ्नो पक्ष वलियो बनाउँन बैठकको समय सारको जनाएको छ।