बिहिबार, बैशाख २७, २०८१

एमालेले इलाम क्षेत्र २ मा सुहाङ र बझाङको प्रदेश १ मा भण्डारीलाई उम्मेदवार बनाउने

काठमाडौं चैत ११,
नेकपा एमालेले आज बसेको सचिवालयल बैठकले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं २ को मा सोही क्षेत्रका एमाले नेता स्व सुवास नेम्बाङका कान्छा छोरासुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेता सुवासको मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने यसअघि केन्द्रीय सदस्यबाट राजीनामा दिएका पार्टीका नेता महरलाई पुनःकेन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।