बिहिबार, बैशाख २७, २०८१

मालपोत ऐन २०२४ बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी सरकारको नाममा ल्याइयो

काठमाडौ चैत ९,
सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी आफ्नो स्वामित्वमा ल्याएको छ। मालपोत ऐन २०२४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो।

जग्गा फिर्ता सम्बन्धमा जानकारी दिन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले २०४४ सालमा च्याम्पियन फुटबेयरको नाममा हड्पिएको यो जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्थाअनुसार नेपाल प्रहरीको सीआईबीको अनुसन्धान पछि जग्गा फिर्ता ल्याइएको हो ।

स्मरण रहोस केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बाँसबारी छालाजुत्ताको १० रोपनी हडपेको भन्दै सीआईबीले व्यवसायी अरुण चौधरी सहित तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । यही प्रकरणमा सांसद विनोद चौधरीसँग पनि सीआईबीले बयान लिएको थियो ।