बिहिबार, बैशाख २७, २०८१

सुन तस्करी प्रकरण: स्वास्थ्य अवस्थाका कारण महरा हाजिर जमानीमा हिरासत मुक्त हुँदै

 काठमाडौ चैत ९,

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा  हिरासत मुक्त  गर्ने  तयारी भएको बुझिएको छ ।

सत्तारुढदल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराको पछिल्लो समय स्वास्थ्य अवस्था निकै नाजुक भएका कारण जिल्ला सरकारी वकिल कार्यालयले महरालाइ बाहिरै राखेर मुद्दा अघि बढाइने तयारी गरिएको बुझिएको छ ।

सुन तस्करी प्रकरणमा आईबी र सरकारी वकिलको कार्यालयले हिरासतमै  महरासंग आवश्यक सीसोधपुछ सहित वयान लिइसकेका छन । समाचार स्रोतका अनुसार आजै महरालाई हाजिर जमानीमा छोड्ने तयारी भएको  जनाएको  छ ।