बिहिबार, बैशाख २७, २०८१

महानगरद्वारा सुख्खा फोहोर बिक्रीका लागि ३० दिने प्रस्ताव आह्वान

काठमाडौ चैत ९,
काठमाडौं महानगरले सुख्खा फोहोर खरिद गर्न चाहने कम्पनी एवम् फर्म लक्षित हुँदै फोहोर बिक्रीका लागि ३० दिने प्रस्ताव आह्वान गरेको छ ।  महानगर वातावरण व्यवस्थापन विभागले शुक्रबार टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै प्रस्ताव आह्वान गरेको हो ।  त्यस्तै जारी सूचनामा सुख्खा फोहोर खरिद गर्न चाहने कम्पनी एवम् फर्म वा इच्छुक व्यक्तिले प्रस्ताव पेश गर्न सक्ने जनाएको छ।

साथै यस विषयमा थप जानकारी काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिने जनाउादै महानगरले प्राप्त प्रस्तावहरू आगामी वैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवम् उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा खोलिने जनाएको छ ।