शनिबार, बैशाख १५, २०८१

म.प. बैठक: योजना आयोगको सदस्य नियुक्तिसंगै सचिवमा पौडेलको बढुवा

 काठमाडौं चैत ८,

आज बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका रिक्त ४ सदस्यको नियुक्त गरेको छ । नव नियुक्त सदस्यहरुमा क्रमस प्राध्यापक संगीता सिंह,  (काठमाडौं ) डा.कुशेन्द्रबहादुर महत  (जुम्ला) , प्राध्यापक शिवराज अधिकारी (पाल्पा) र डा.अरनिको कुमार पाण्डे (ललितपुर) रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले प्रशासन सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चूडामणि पौडेललाई बढुवा गर्ने ,नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षको अवसरमा ७ जना कोरियाली र ३ जना नेपाली गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको जानकारीसमेत दिनुभयो ।