शनिबार, बैशाख १५, २०८१

पत्रकार महासंघको २७ औं महाधिवेशन लुम्बिनीमा

 काठमाडौं चैत ८,

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको बुधवार बसेको बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो । आसन्न महाधिवेशनलाइ विश्वव्यापी रुपमा पत्रकार र सञ्चार क्षेत्रमा देखिएका संकटका विषयमा केन्द्रित बनाउने महासंघले जनाएको छ

त्यस्तै बैठकले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश र शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नका लागि अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्याक्ष रमेश विष्ट र महासचिव रोसन पुरीको नेतृत्वमा स्टेरिङ समिति समेत गठन गरेको छ ।

सदस्यता शुद्धिकरण अभियानमा रहेको महासंघले सदस्यता शुद्धिकरण अभियानको छिनोफानो नहँदै २७ औं महाधिवेशनको मिति तोसंगै केहि अन्योलना समेत सिर्जना भएको छ।

तर महासंघले यस विषयमा महासंघको विधानत व्यवस्था अनुरुप भन्दै केन्द्रीय साधारणसभामा सहभागी राष्ट्रिय परिषद् सदस्यहरुको उपस्थितीमा आसन्न् महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । त्यस्तै प्रदेश र जिल्ला अधिवेशनमा समेत सोहि मुताविकको उपस्थितीमा अधिवेशन सम्पन्न हुने भएको छ ।

त्यस्तै बैठकले त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेश गर्न निर्देशनसंगै प्रदेश अधिवेशन वैशाख १ देखि १२ गतेसम्म केन्द्रीय प्रतिनिधिको अनिवार्य उपस्थितीमा सम्पन्न गरिसक्ने निर्णयसमेत गरेको छ ।

सोहीअनुरुप समन्वय गर्न दश वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकिएको छ । जसअनुसार कोशीमा उपाध्यक्ष बाला अधिकारी, मधेशमा सचिव दीपेन्द्र चौहान, बाग्मतीमा सचिव सिर्जना अर्याल, गण्डकीमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनीमा उपाध्यक्ष उदय जिएम, कर्णालीमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिममा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईलाई जिम्मेवारी दिएको छ ।