बिहिबार, बैशाख २७, २०८१

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा प्रस्तुत

 काठमाडौं चैत १ ,

 प्रतिनिधि सभाको आजको बैठमा सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्नुभएको हो ।

विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरूप सुव्यवस्थित, काव्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता औल्याउँदै निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, समावेशी, व्यावसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताउनुभयो ।

यसैवीच मन्त्री जोशीले निर्माणमुखी सामग्री[व्यवस्थापन तथा नियमन] विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि संसदमा प्रस्तुत गर्नुभएको थियो । सो विधेयकको सम्बन्धमा भने सभामा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।