बिहिबार, बैशाख २७, २०८१

संसद बैठक: चैत्र ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

 काठमाडौं चैत १
प्रधानमन्त्री ‘प्रचण्डले आगामी चैत्र ६ गते ’ बस्ने संसद बैठकमा सासंदहरुले उठान गरेको प्रश्नको जवाफ दिने भएको छ । सासंद संग प्रश्नोत्तर कार्यक्रम अन्र्तगत प्रधानमन्त्रीले संसद सदस्यले उठान गरेको प्रशनको जवाफ दिने कार्यक्रमतय भएको सभामुख देवराज घिमिरेले बुधवारको बैठकमा जानकारी दिनुभएको हो ।

उहाँले त्यस कार्यक्रममा लागि यही चैत्र २ गते शुक्रबार अपराह्न ३ बजेसम्म प्रधानमन्त्रीलाई सोध्ने प्रश्न सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय समक्ष बुझाउन भनेको छ ।

त्यस्तै उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ४ मा रहेका माननीय सदस्यहरूले यस पटक प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० चैत्र २ गते शुक्रबार दिनको ३ बजे भित्र सङ्घीय संसद्को महासचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा बुझाउँन भनेको हो ।