बिहिबार, बैशाख २७, २०८१

प्रतिनिधि सभाको बैठक: प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं फागुन ३०,
आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएसंगै काँग्रेसले सरकारलाइ दिदै आएको समर्थन फिर्ता गरेपछि तेस्रो पटक विश्वासको मत लिन लागेको हो ।  विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन रहेको छ ।

त्यस्तै आजको बैठकको कार्यसूचीमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा [२] बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावमाथि छलफलपश्चात् निर्माणार्थ प्रस्तुत गरिने र आव. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा [कर प्रस्ताव बाहेक] माथि छलफल प्रारम्भ हुने कार्यसूची समेत रहेको छ ।