बिहिबार, बैशाख २७, २०८१

जसपा सरकारमा सहभागी,पार्टी अध्यक्ष यादव बने स्वास्थ्यमन्त्री

काठमाडौं फागुन २७,
सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी [जसपा] सरकारमा सहभागी भएको छ । जसपा सरकारमा सहभागी भएसँगै माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन सरकारले पूर्णता समेत पाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वन तथा वातावरणमन्त्रीको आज शपथ लिएका हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्रीको सपथसंगै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको सख्या चार पुगेका छन् । साथै नवनियुक्त स्वास्थ्यमन्त्री यादवले आजै पद सम्हालेका छन् ।