बिहिबार, बैशाख २७, २०८१

नगर प्रमुखको घोषणा : खड्कुले चौर खेलमैदानको स्तरोन्नति लागि १० करोड विनियोजन गर्ने

 महादेव युवा क्लबले जित्यो सपोर्टर क्लब फुटबल च्याम्पियनसिपको शिर्ष उपाधि

काठमाडौं फागगुन २७,
खेलुकदको माध्यमबाट पयर्टन प्रवद्धनको मुल अभिष्ट सहित नागार्जुन नगरपालिका वडा न ७ स्थित गोतामथोक स्थित खड्कुले चौरमा शनिवार आयोजित मैत्रिपूर्ण सपोर्टर क्लब फुटबल च्याम्पियनसिप २०२४ को शिर्ष उपाधि आर्सनल क्लवलाइ पराजित गर्दै आयोजक महादेव युवा क्लब ‘बी’ ले जितेको छ ।

प्रतियोगितमा युरोपका चर्चित लिग क्लबको नेपालमा रहेका समर्थक क्लव चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेष्टर युनाइटेड नेपाल, वार्सिलोना नेपालसँगै आयोजक महादेव युवा क्लबको २ वटा टिमले भाग लिएका थिए।

त्यस्तै प्रतियोगिताका विजेता टिमलाइ नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतले ट्रफी मेडलसहित नगद ३० हजार रुपैयाँ र दोस्रो हुनेलाई ट्रफी, मेडल र नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको थियो ।  त्यसअवसरमा प्रमुख बस्नेतले धेरै गोलकर्ता ‘बेष्ट प्लेयर’लाई ५ हजार र ‘बेष्ट गोलकिपर’ लाई ५ हजार नगद पुरस्कार प्रदान गर्दै खड्कुले चौरमा रहेको खेलमैदानको स्तरोन्नतिको लागि नगरपालिकाले आगामी बजेटबाट १० करोड विनियोजन गर्ने घोषणा समेत गर्नुभएकोछ ।

साथमा यो पनि

नार्गाजुन नगरपालिकाको वडा न ७ स्थित गोतामथोक स्थित समुद्री सतहबाट १५९० मि उचाइमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको खड्कुले चौरको मनोरम क्षेत्रमा आयोजना गरिएको उक्त कार्यक्रममा नार्गाजुन नगरका उपमेयरका साथै अधिकांश वडाका वडाध्यक्ष संगै सथानीय राजनीतिक दलका नेताहरुको उल्लेख्य सहभासगता रहेो थियो। नार्गाजुन नगरका उपमेयर, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीका साथै अधिकांश वडाका वडाध्यक्ष संगै स्थानीय राजनीतिक दलका नेताहरुको उल्लेख्य सहभागिता रहको  थियो।