बिहिबार, बैशाख २७, २०८१

नाउपाको अध्यक्षमा चौधरीलाई वैधता दिन आयोगद्वारा अस्वीकार

काठमाडौं फागुन २४,

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार वैधता दिन योग्यता नपुगेको जनाउ सहित अस्वीकार गरेको छ ।

गत पुसमा कैलालीमा भएको पार्टी अधिवेशनबाट अध्यक्ष चुनिएपछि चौधरीले निर्वाचन आयोगमा केन्द्रीय समितिको नामावली अध्यावधिकका लागि गरेको हावेदनमा कारवाही गर्ने गर्ने क्रममा आयोगले भन्दै मान्यता दिन अस्वीकार गर्दै रञ्जिता श्रेष्ठलाई पार्टी नै पार्टीअध्यक्षको बैधता दिदै श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नै निरन्तरता दिएको हो । स्मरण रहोस कैलाली अधिवेशनपछि श्रेष्ठलाई सहअध्यक्ष बनाइएको थियो ।

साथै आयोगमा नागरिक उन्मुक्ति पार्टीको कार्य समितिको अध्यावधिकका लागि निवेदन दर्ता भएसंगै आयोगमा नागरिक समाजको तर्फबाट कर्तव्य ज्यान कसुरमा दोषी भएको र राष्ट्रपतिबाट माफी पाएको भन्दै उजुरी दर्ता भएको आयोग स्रोतले जनाएके छ।