बिहिबार, बैशाख २७, २०८१

प्रम प्रचण्ड, देउवा र ओलीवीच छुट्टाछुट्टै भेटवार्ता, टीआरसी विधेयक अघि बढाउने बन्यो सहमति

काठमाडौं फागुन २०,

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु-याउन प्रधानमन्त्री ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छुट्टाछुट्टै  छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग  भएको छलफलमा  विधेयकलाई संसदमा अघि बढाउनन शिर्ष नेतृत्वत्रय सहमत भएका हुन् ।

छलफलको क्रममा  प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि हिर्ष नेतृत्वत्रयवीच भएको सहमतिले  प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक उपरको छलफल सहज हुने अनुमान गरिएको छ ।