बिहिबार, बैशाख २७, २०८१

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

 काठमाडौं फागुन १८,

प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले आगामी २१ गते बस्ने प्रतिनिधिसभाको बैठकमा आज र यसभन्दा अघि सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले सरकार संसद्प्रति उत्तरदायी नभएके जिकिर सहित विवादित मन्त्रीले राजीनामा माग गर्दै अवरोध गरेसंगै सभामुखले रुलिङ गरे पछि आजको बैठक सूचारु भएको हो ।

यसअघि आजको बैठकमा संसद सदस्यहरुले उठाएको प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने तयारी रहृको थियो तर त्यसको बेवास्ता गरेपछि सभामुखले आज फेरि सरकारलाई रुलिङ गरेको हो ।