बिहिबार, बैशाख २७, २०८१

प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं फागुन १८,
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेलेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नुहुने, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्नुहुने, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्नुहुने, अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विधेयक, २०८० माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।