बिहिबार, बैशाख २७, २०८१

नारायणगढ–मुग्लिन सडक आजदेखि चौबिसै घण्टा खुला

 काठमाडौं फागुन १३ ,
दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि चौबिसै घण्टा खुला हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड [नारायणगढ–मुग्लिन] का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम करिवसकिएसंगै बाटो बन्द नगर्ने निर्णय गरको हो ।

 तुइन खोलामा पुल निर्माणका लागि साठी मिटर अग्लो पहाड काट्न गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको ाकडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणभएपछि नौदेखि ११ मिटर फराकिलो सडक विस्तार हुने आयोजनाले जनाएको छ।