बिहिबार, बैशाख २७, २०८१

साङ्गठनिक संरचनामा तत्काल नयाँ उर्जा सञ्चार गर्न क्षेप्रस फोरमले बाँड्यो हाते पर्चा [फोटो फिचर]

काँग्रेस महासमिति- चिन्ता संगठनको

काठमाडौं फागुन ९,
नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकस्थल गोदावरीको प्रवेश द्दारमा काठमाडौं काँग्रेस क्षेत्रीय प्रदेश सभापति फोरमले पार्टीको तल्लो तहको आवाज मुखरित गर्दै महासमिति बैठकमा समयसापेक्ष वैचारिक वहसका लागि हातेपर्चा वितरण गरेको छ ।

फोरमले महासमिति बैठकलाई थप गतिशिल बनाउन ५ बुँदे नीतिगत निर्माण र सुधारका लागि साझा दृष्टिकोण एवम मौजुदा पार्टीगत विधानमा तत्काल संशोधन गर्नुपर्ने मार्गचित्र सहितको  वितरित हातेपर्चा काँग्रेस नेतृत्व, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत नेपाली काँग्रेसका शुभचिन्तक सदस्यहरुलाई ध्यानाकर्षण सहित एक हजार प्रति वितरण गरेको समितिका संयोजक शिव कुमार खनालले बताए ।

त्यस्तै संयोजक खनालले पार्टीको मूल्य ,मान्यता र सिद्धान्त विपति मौलाउँदै आएको पारिवारिक विरासत, नातावाद र कृपावाद जस्ता बढ्दो वेतिथिले संगठन प्रभावित भएको ठहर सहित तत्काल पार्टीमा नयाँ उर्जा सञ्चार गर्न साझा दृष्टिकोण सहित मौजुदा पार्टीगत विधानमा संशोधन गर्नुपर्ने तीन महले मार्गचित्र सहित काँग्रेस नेता डा शेखर कोइराला,उपसभापति धनराज गुरुङ्ग महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता विमलेन्द्र निधि, केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी ,शंकर भण्डारी, गणेश लामा,महिला नेतृगण लगायत महासमिति सदस्यलाइ वितरण गरेको जानकारी दिनुभयो ।

समितिले यसअघि पार्टी सभापति शेरवहादुर देउवा, पार्टीको पूर्व महामन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका सापति इन्द्र वाँनिया दर्जनौ नेतागणलाइ समेत अवधारणा पत्र हस्तान्तरण गरेको थियो ।