बिहिबार, बैशाख २७, २०८१

कांग्रेस महासमिति : बन्द सत्रमा प्रस्तुत पाँच प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौं फागुन ९,
नेपाली कांग्रेस महासमिति बैठकमा मंगलावार पेश भएका पाँच वटा प्रतिवेदनमाथि आज समूहगत छलफल सुरु हुने भएको छ । महासमिति बैठकअन्तर्गत हिजोको बन्दसत्रमा पेस भएका पाँच वटा प्रतिवेदनमाथि आज समूहगत छलफल हुने कांग्रेसले जनाएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने प्रस्ताव पेश गर्दै एउटा व्यक्ति राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकमात्र बन्न पाउने पद्धति बसाल्नुपर्ने प्रतिवेदनमा जिकिर गरेका छन ।   यस्तै अर्का महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन पेस गर्दै आगामी चुनावमा कांग्रेसका मतदाताले अरूलाई भोट हाल्न नपर्ने सुनिश्चित गर्दै आवधिक निर्वाचनमा गठबन्धन गर्नु नहुने प्रस्ताव पेश गरेका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदन, अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदन बैठकमा पेस गर्नुभएको छ ।  यसरी पेश एको सबै प्रतिवेदनमाथि समूहगत छलफल पछि निष्कषणर््को पहिचान गर्दै विहिवार प्रतिवेदन पारित गर्दै महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी रहेको बुझिएको छ ।