बुधबार, बैशाख २६, २०८१

आज काठमाडौं कांग्रेसको जिल्ला सम्मेलन हुँदै

काठमाडौं माघ २६ ,
काठमाडौं काँग्रेसले आज राजधानीमा जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ।

काठमाडौँका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौं काँग्रेसले जनाएको छ।

सम्मेलन मार्फत काठमाडौं काँग्रेसको मौजुदा संगठनको अवस्थामा सुधारसंगै गर्नुपर्ने भावी रणनीतिक योजना सतिका विषयमा छलफल सहित नितिगत निर्णयहरू गर्ने तयारी रहेको बताइएकोछ ।