सोमवार, जेष्ठ ७, २०८१

मन्त्रिपरिषद् बैठक: हुलाक सेवामा रहेका एक हजार ६३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय

काठमाडौं माघ २५ ,
आज बसेको मन्त्रिपरिषद् बैठकले हुलाक सेवामा रहेका एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ ।  नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय अनुरुप एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

साथै प्रवक्ता शर्माले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णयसंगै गरिब परिवार पहिचान परिचयपत्र वितरण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय र विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने सनर्णय समेत भएको जानकारी दिइन् ।

 त्यस्ते आजको बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी जिल्लाका डा। पर्शुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय भएको बताइन ।