आइतवार, बैशाख ३०, २०८१

आफूलाई चिन्न, बदल्न, ध्यान विज्ञान आवश्यक : गृहमन्त्री श्रेष्ठ

  ‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं पुस २१,

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानलाई धर्मसँग नभएर विज्ञानको रूपमा जोडेर हेर्नुपर्ने धारणा व्यक्त गर्दै आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक रहेको बताउनुभएको छ ।  गृह मन्त्रालयको समन्वय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र जीवन विज्ञान संस्थाको संयुक्त आयोजनामा ध्यान विज्ञान ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशालाको शनिबार उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै गृहमन्त्री श्रेष्ठले ध्यान विज्ञानले सुरक्षा अंगका कर्मचारीलाई असल, स्वच्छ एवम् शुद्ध बन्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै नेपाल सरकारले अंगिकार गरेको सुशासनको अभियानलाई समेत प्रभावकारी रूपमा सम्पादन गर्न कार्यशालाले थप मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।  ध्यानको माध्यमबाट हरेक कर्मचारीहरूलाई तनावमुक्त, एकाग्रता, स्वजागरण एवम् स्वअनुशासित बनाउन सहयोग हुने तथा उनीहरूबाट सम्पादन हुने कार्यमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा निष्ठा एवम समर्पणभावका साथ ध्यान विज्ञानलाई आत्मसाथ गर्न उहाँले जोड    दिनुभयो ।

 कार्यक्रमममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी कार्यशालामा जीवन विज्ञान संस्थाका संस्थापक एवम् जीवन विज्ञान विशेषज्ञ रमेश नेपाल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, जीवन विज्ञान विशेषज्ञ एलपि भानु शर्मा, गृह मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रशिक्षार्थीहरू, जीवन विज्ञान संस्थाका स्वयंसेवक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु