बुधबार, जेष्ठ २, २०८१

रोमानिया, स्लोवेनिया र कतार पठाइदिन्छु भन्दै सत्ताइस लाख ठगी गर्ने ४ अभियुक्त पक्राउ

 काठमाडौं पुस १८,

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२४ बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी  पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

त्यस्त्े कतारमा मासिक ८० हजार रूपैयाँ तलबमा ड्राईभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा  सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तैगरि स्लोवेनिया पठाइदिन्छु भन्दै २ लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ घर भएकी ३५ वर्षीया छिमी सुनिनलाइ पक्राउ गरको जनाएको छ।  पक्राउ परेका अभियुक्तद्वयले स्लोवेनियास्थित फ्याक्ट्रीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु