सोमवार, जेष्ठ ७, २०८१

अघिल्लो भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौंः प्रधानमन्त्री

 काठमाडौं पुस १८,

प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटकपटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने सरकारको तयारी रहेको बताउनु भएको छ।  बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै उहाँले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा प्रभावित क्षेत्रमा क्षतिको आंकलन तथा आवश्यकता पहिचानको काम करिब करिब सम्पन्न भएको छ। यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको समन्वयमा पुन निर्माणको कार्य प्रारम्भ गर्ने बताउनुभयो ।

त्यस्तैगरि उहाँले २०७२ को गोरखा र सिन्धुपाल्चोकको भूकम्पको अनुभवबाट पाठ सिक्दै नेपाललाई कसरी विपत् र जलवायु परिवर्तन उत्थानशील बनाउने भन्ने चुनौती हाम्रासामु रहेको भन्दै २०७२ मा गठन गरिएको पुनर्निर्माण प्राधिकरण जस्तो छुट्टै निकाय बनाउने भन्दापनि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अझै सशक्त बनाउन ऐन परिमार्जन गरेर यसलाई साधनस्रोत सम्पन्न गरेर र यस प्राधिकरणको सांगठनिक संरचनालाई मजबुत बनाएर यसैमार्फत पुनर्निर्माणको काम अघि बढाउँने बताउनुभयो ।