आइतवार, बैशाख ३०, २०८१

कांग्रेस महासमिति बैठकको मिति फेरि सर्यो

 

  •  राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई
  • पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने

काठमाडौं मंसिर २९ ,
नेपाली कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।

यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेपनि प्रस्तावित मितिमा बैठक आयोजना गर्न  नसकिने भन्दै पुस १६ देखि १९ गते गर्ने गरि बैठकको मिति परिवर्तन गरिएको थियो । बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले आसन्न राष्ट्रियसभाको निर्वाचनका कारण महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको जनाउ संगै निर्वाचनको लागि दल दर्ता गर्ने निर्णयसंगै उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको जानकारी दिनुभयो ।

 त्यस्तै बैठकले आगामी पुस १२ मा बस्ने केन्द्रीय कार्यसमितिको बैठक मार्फत र विधानका केही व्यवस्थालाइ संशोधनको लागि महासमितिमा सिफारिस गर्ने निर्णय, भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रूपैयाँ अनुदान दिने निर्णय र अस्थायी टहरा निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसंगै पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने , क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल बनाउँने  , पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा रहेका केही केन्द्रीय सदस्यहरूको नाम आजै फिर्ता लिने निर्णय भएको जानकारीदिनुभयो ।

साथै बारामा शिक्षकहरूको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय समेत आजको बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930