बुधबार, बैशाख २६, २०८१

प्रधानमन्त्री प्रचण्ड आज संयुक्त अरब इमिरेट्स जाँदै

 काठमाडौं मंसिर १३,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स जाँदैछन् ।

बिहीबार देखि दुबईमा सुरु हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीले सम्मेलनमा नेपालले जलवायु परिवर्तनले पारेको असरबारे आवाज उठाउने र यो मुद्दालाई नेपालले दरिलो रुपमा राख्ने बताइसकेका छन् ।

 त्यस्तै प्रधानमन्त्रीले मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुने कार्यक्रमसंगै समेत रहेको छन् । प्रधानमन्त्री दाहालले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै पाँच दिवसीय यूएई भ्रमणको क्रममा प्रम प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पछि मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएकोछ।
प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु भ्रमण टोलीमा रहने बताइएकोछ ।