बुधबार, मंसिर २०, २०८०
Dashain

छठपर्वको दोस्रो दिन: आज दिनभर उपवास सहित खरना विधि मनाइँदै

फाइल फोटो

काठमाडौं मंसिर २,

सूर्य उपासनको एक विशेष पर्व छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन छठपर्वका ब्रतालुहरुले दिनभर उपवास बस्दै साँझ नयाँ चुलोमा र सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ ।

खरना भन्नाले मुलत यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास भएको विज्ञरुले बताएका छन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।

यसैवीच विशेषत मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने यो पर्व अहिले काठमाडौमा पनि भव्यतापूर्वक मनाउँने गरिन्छ । राजधानीको शंखमुल गौरीघाट टंङकेश्वर लगायतका क्षेत्रमा मनाइने प्रस्तुत पर्वमा व्रतालु र दर्शनार्थीको ठूलो घुइचो लाग्ने भएका कारण यि स्थान विशेष रुपमा सजाइएको छ । दुई दिनसम्म मनाइने सो पर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ र प्रसाद वितरण गरी छठ पर्व समापन गर्ने गरिन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031