सोमवार, जेष्ठ ७, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने

काठमाडौं मंसिर २,
पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन् । पूर्वराजा शाह विर्तामोड नगरपालिका १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जान लाग्नुभएको हो ।

 कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले शनिवार सूचना जारी गरी जानकारी दिनुभएको हो ।