सोमवार, जेष्ठ ७, २०८१

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयनका लागि समिति गठन

काठमाडौं मंसिर २,
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि समिति गठन गरेको छ ।

प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको संयोजकत्वमा गठित समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था ९आएस्पान० का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहनेगरि प्राविधिक समिति गठन गरेको हो । त्यस्तै गठित समितिलाइ ७ दिनभित्र टिकटक बन्द गरे नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने कार्यादेश दिइएको छ।

त्यस्तै यसअघि शुक्रबार नै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको थियो । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेयता प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारी निर्णय जानकारी संगै निर्णय कार्यान्वयनमा सहयोग गर्न समेत आग्रह गरको छ ।

त्यसअघि नेपालमा टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय संगै टिकटक कम्पनीलाइ प्राधिकरणमार्फत इमेल गरी जानकारी दिइएको थियो। प्राधिकरण इमेल जानकारी पछि सोमबार कम्पनीले जवाफ फर्काएको हो । जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै नेपालमा टिकटक बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको थियो ।

साथै पत्रमा टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध रहेको समेत उल्लेख रहेको बुझिएको छ।