बिहिबार, बैशाख २७, २०८१

यस्तो छ नेपाल संवत ११४४ को उल्लास [फोटोफिचर]

काठमाडौं कार्तिक २८
राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी सुरु गर्नु भएको नेपाल संवत ११४४ को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज शुभकामना सांस्कृतिक र्यालीको आयोजना गरेको छ।

विगतको वर्षमा जस्तै यसपटक पनि शुभकामना सांस्कृतिक र्यालीमा आ-आफ्नै भेषभुषा सहितको प्रदर्शनले र्यालीमा थप रौनकता थपेको पाइन्छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी सुरु गर्नु भएको नेपाल संवत्का ११४४ शुरु भएको अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ ।