शनिबार, बैशाख १५, २०८१

फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक

 काठमाडौं कार्तिक २१,
फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ ।  नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।

सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको हो ।

प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचरिङ गरिएको छ ।