बुधबार, जेष्ठ २, २०८१

राष्ट्रसङ्घका महासचिव गुटेरेसले कात्तिक १४ गते संसद्को दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं कार्तिक १२,
नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे बस्ने संसद्को दुवै सदनलाई सम्बोधन गर्ने भएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले गर्ने सम्बोधनको सरकारबाट पत्र प्राप्त भएको पत्रको जानकारी दिनुभएको हो ।

त्यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसङ्घका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको बैठकमा जानकारी दिदै मन्त्रिपरिषद् बैठकले कार्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले १४ गते मङ्गलबार अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने अनुरोध सहितको पत्र प्राप्त भएको जानकारी दिनभएको हाृ ।