सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसंग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं कार्तिक १२,
नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज उहाँहरुबीच भएको शिष्टाचार भेटवार्ताको क्रममा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा केन्द्रीत रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।

यसैवीच संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले आजै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीसंगै समेत भेटवार्ता गर्नुभभएको छ । उहाँहरूबीच भएको भेटवार्ता समेत मुलुकको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा केन्द्रीत रहेको थियो ।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । तस्बिर साभार: सामाजिक सञ्जाल