सोमवार, बैशाख १७, २०८१

क्यानको अध्यक्षमा चतुरबहादुर तेस्रो कार्यकालका लागि निर्विरोध [मत परिणाम सहित]

सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का

काठमाडौं असोज ६,
नेपाल क्रिकेट संघ [क्यान] को अध्यक्ष पदमा चतुरबहादुर चन्द तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन ।  अध्यक्षका अर्का प्रत्याशी विनय राजभण्डारीले आफ्नो मनोनयन फिर्ता लिएपछि चन्दले ४ वर्षका लागि पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् । त्यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का समेत निर्विरोध निर्वाचित हुनुभएको हो ।

बाँकी पदाधिकारी केन्द्रीय सदस्यका लागि आज भएको निर्वाचनको घोषित मत परिणाम अनुसार सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का विजयी भएको छ। खड्काले पूर्व कप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गरेको हो । खड्काले ४८ पत प्राप्त गर्दै गर्दा मल्लले ३७ मत प्राप्त गरको हो ।

क्यानको मौजुदा पदाधिकारी सहित १७ सदस्यीय कार्यसमिति मध्ये अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष महिला सदस्य जयन्ती भट्टसंगै लुम्विनी प्रदेशबाट ट प्रदीप मजगैँया र कर्णालीप्रदेशबाट श्रीधर केसी निर्विरोध भएको हो ।

त्यस्तै कोशी प्रदेशबाट अर्जुन पौडेल मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको प्राप्त मत बराबरी भएपछि गोला प्रथाबाट कर्माचार्य निर्वाचित भएको घोषणा गरिएको छ । बाग्मती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा,सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्वाचित भएका छन् ।

त्यस्तै खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी हुँदै गर्दा करन महतरा र ऋषिराम गौतमको प्राप्त मत बराबर भएसंगै[ २६/२६ ] गोला प्रथाबाट करनलाई निर्वाचित घोषित गरिएको छ ।