बुधबार, जेष्ठ २, २०८१

त्रिविले गामी शैक्षिकसत्रदेखि स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवैमा सोध्ने

काठमाडौ साउन २०,
अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने तर परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिनेका विद्यार्थीलाई सहज नभएको आवाज मुखरित भएसंगै त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ।

विश्वविद्यालयका उपकुलपति डा। धर्मकान्त बाँस्कोटाले आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने सोच रहेको जनाउ सहित यस विषयमा अध्ययन भइरहेको बताउनुभयो । साथै नेपाली भाषमा प्रशन सोध्न थालेपछि मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने विषय प्रति विश्वविद्यालय गँभीर रहेको बताउनुभयो ।

साथै उहाँले अन्तर्राष्ट्रिय मान्यताअनुसार अंग्रेजी भाषामा प्रश्न बनाउनै पर्ने बताउँदै उनले त्यसमा नेपाली भाषा थप्न सकिने बताए । हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न भने नसकिने प्रष्टोक्ति सहित विश्वविद्यालय अन्र्तगत एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पसको हकमा भने आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्न सोधिने तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु