सोमवार, जेष्ठ ७, २०८१

प्रेस स्वतन्त्रता वर्खिलापको कानून नबन्ने मन्त्री गुरूङको प्रष्टोक्ति

काठमाडौ साउन २०,
कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले आफू प्रजातन्त्रीवादी भएको हुँदा किमार्थको प्रेस स्वतन्त्रता वर्खिलापको मिडियालाई नियन्त्रण गर्ने कानून नबन्ने बताउनुभएको छ।

 नेपाल प्रेस युनियनले एफइएसको सहयोगमा आयोजित ‘प्रस्तावित सूचना तथा सञ्चार विधयेक’ विषयक छलफल कार्यक्रममा मन्त्री गुरूङले प्रजातन्त्र स्थापनामा मिडिया भूमिकोस्मरण सहित मिडियालाई नियन्त्रण गर्ने विधयेक र कानुन बन्छ भन्ने सोच्न पनि नसक्ने जनाउसंगै पछिल्लो समय ‘सोसल मिडियामा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा भने छलफल भएको बताउनुभयो ।

कार्यक्रममा युनियन अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताउँदै प्राप्त सुझावको कार्यान्वयनको कार्यान्वयन गर्दै मिडिया मैत्री कानुनको आजको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानुनी अवस्था यसको प्रभावका विषयमा चर्चा गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु