सोमवार, बैशाख १७, २०८१

विश्वकप छनोट : यूएईविरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौं असार १७,
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट अन्र्तगत आज भएको नेपाल र यूएईवीचको खेलमा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । यसरी जितका लागि यूएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी , गुलसन झा , सन्दीप लामिछाने कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लको महत्वपूर्ण योगदान रहेको थियो । अवको चरणमा नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

स्मरण रहोस, नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्ते तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले र चौथो खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो ।