बुधबार, बैशाख २६, २०८१

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको ठहर भए जेल जान तयार छु :प्रम प्रचण्ड

 काठमाडौं जेठ ४,
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको संग प्रमाणित भए आफु जेल जान तयार रहेको बताउनुभएको छ ।

प्रम प्रचण्डले भने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा। रामशरण महत हुनुहुन्थ्यो, त्यस प्रकरणमा मलाई जोडेर भ्रष्टाचार भयो भन्नु कपोलकल्पित र निराधार आरोप मात्रै भएको भन्दै आफ्नो नेतृत्वको सरकार २०४६ सालपछिका चर्चामा भएका सबै भ्रष्टाचार विषयमा छानबिन गर्न तयार रहेको बताउनुभयो ।

साथै उहाँले भने सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू पूरा गर्न सरकार प्रतिवद्धरुपमा क्रियाशील रहेको जनाउ सहित पछिल्लो समय राजनीतिक सहमतिको प्रयास भइरहेको समेत बताउनुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु