बुधबार, बैशाख २६, २०८१

जनता बेचेर खाने अपराधमा पक्राउ परेका कसैलाइ पनि उन्मुक्ति दिन हुन्न :अध्यक्ष लिङदेन

काठमाडौं जेठ ४,
नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा आयोजित विरोध सभालाइ सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले भ्रष्टाचार काण्डमा सबै ठूला दलका नेताको संलग्नता रहेको आरोप लगाउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा अध्यक्ष लिङ्देनले ठूला दलको संलग्नता भएका कारण जतिसुकै ठूला भ्रष्टाचारका मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने वा अनुसन्धान गर्ने नाममा कारवाही प्रक्रियालाइ ओझेलमा पार्ने काम हुँदै आएको बताउनुभयो।

साथै उहाँले यसअघि ,ठेक्कापट्टा, पुल, पुलेसो र सडक निर्माण लगायतमा हुँदै आएको भ्रष्टाचार पछिल्लो समय आफ्नै देशका नागरिकलाइ शरणार्थी बनाउँदै भ्रष्टाचार गर्न समेत ठूला दलका नेताहरु पछि नपरेको आरोप लगाउनु भयो ।

आफ्नो जनता बेचेर खाने नेताका कारण नेपालको शीर झुकेको भन्दै उहाँले राज्यविरुद्धको अपराध गर्ने अपराधमा पक्राउ परेका कसैले पनि उन्मुक्ति पाउँन नहुँनेमा जोड दिनुभयो ।

त्यस्तै पञ्चायत, राजा वा २०४६ सालपछिका सब उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने अभिमत राख्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारको छानबिन आफुबाट सुरु गर्न सरकारलाइ आव्हान समेत गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु