सोमवार, बैशाख २४, २०८१

पश्चिमी र स्थानीय वायुको प्रभाव: काठमाडौं उपत्यकामा हावाहुरीसहितको वर्षा

काठमाडौं बैशाख ३१,
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको जनाएको छ ।

 त्यस्तै मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा प्रभावका कारण मौसमा उतारचढाव भएको हो कि भन्ने जनमानसको जिज्ञासालाइ सम्बोधन गर्दै नेपालमा बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात कुनै प्रभाव नरहेको र उक्त चक्रवातले पाललाई नछोइकन बङ्गालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर गर्ने जनाएको छ ।