मङ्लबार, बैशाख २५, २०८१

पूर्वगृहमन्त्री खाणसहित १२ जना उपर थप अनुसन्धानका ४ दिनको म्याद थप

काठमाडौं बैशाख ३१,
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्‍न रहेको आरोपमा पक्राउ परेका  पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप अनुसन्धानका थप ४ दिनको म्याद थपिएको छ । अदालतबाट पक्राउ गरिएका १२ जनालाई ४ दिन अझै हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई म्याद थपका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो ।

 यसैवीच यसै प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर उनी फरार रहेका छन् । त्यस्तै यही प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पा र पूर्वगृहमन्त्री रामवहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि आज पक्राउ पुर्जी जारी गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु