मङ्लबार, बैशाख १८, २०८१

सबैखाले फोहोर निर्मूल पार्छौं : प्रधानमन्त्री

तस्बिर : प्रदीपराज वन्त

 काठमाडौं बैशाख २९,
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

 उहाँले शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पारिने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामी फोहोर व्यवस्थापनको छलफलमा छौँ। उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापनसंगै राजनीतिमा देखिएको फोहोरको समेत व्यवस्थापन र निर्मूल गर्न सरकार अगाडि बढेको बताउनुभयो ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्नेबारे प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा सरकारका प्रतिनिधि, ल्यान्डफिल साइटका प्रतिनिधि र सरोकारवालाका प्रतिनिधिले फोहोर व्यवस्थापनको दीर्घकालीन उपायबारे आफ्नो धारणा राख्नुभएको थियो।

 बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सहरी विकासमन्त्री सीता गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, नुवाकोटका सङ्घीय सांसद हितबहादुर तामाङ, बिमला सुवेदी, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, नेपाल सरकारका सचिव, उपत्यकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकार पक्षका प्रतिनिधि लगायतका े उपस्थिती रहेको थियो।