आइतवार, बैशाख २३, २०८१

उपनिर्वाचन: बारा–२ मा रास्वपाका रमेश खरेल सहित ५६ उम्मेदवारको जमानत जफत

तनहुँ–१,चितवन–२ को उपनिर्वाचनमा निर्वाचित रास्वपाको बारा–२ मा जमानत समेत जफत, ३ वटै क्षेत्रमा नेकपा एमाले तेस्रो स्थानमा सिमित  हुँदैगर्दा राप्रपालाइ तीन वटै क्षेत्रबाट जम्मा ७१२ मत मात्र

काठमाडौं वैशाख १४,
निर्वाचन आयोगले गत वैशाख १० मा सम्पन्न प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा सहभागी विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत जनाएको छ ।  वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा भएको उपनिर्वाचनमा सहभागी ६५ जना उम्मेदवार मध्ये ५६ उम्मेदवारको जमानत जफत भएको हो।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था अनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत समेत ल्याउन नसकेपछि उनिहरुको जमानत जफत भएको हो ।

आयोगका अनुसार तनहुँ १ को निर्वाचनमा सहभागी ९ जना उम्मेदवार मध्ये कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन् । यसै गरी चितवन २ मा निर्वाचनमा सहभागी २२ उम्मेदवार मध्ये नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ ।

त्यस्तै बारा २ को निर्वाचनमा सहभागी ३४ उम्मेदवारमध्ये जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका पुरुषोत्तम पौडेल बाहेक रास्वपाका उम्मेदवार रमेश खरेल समेतको जनमानत जफत भएको छ । रास्वपाका उम्मेदवार खरेलले सम्पन्न निर्वाचनमा जम्मा २हजार८२९ मत मात्र प्राप्त गरेको हो ।
त्यसोत निर्वाचन सम्पन्न ३ वटै क्षेत्रमा नेकपा एमाले तेस्रो स्थानमा सिldt  हुँदैगर्दा यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचन मार्फत संघीय संसदको पाँचौँ शक्तिका रुपमा उदाएका राप्रपाले तीन वटै क्षेत्रबाट जम्मा ७१२ मत मात्र प्राप्त गरेका छन ।

तनहुँ १ र चितवन २ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले रवि लामिछाने निर्वाचित हुँदै गर्दा बारा २ मा जसपाका उपेन्द्र यादव निर्वाचत भएको हो ।