शनिबार, बैशाख २२, २०८१

आज बस्ने राष्ट्रिय सभा बैठकको यस्तो छ सम्भावित कार्यसूची

 काठमाडौं वैशाख १४,
राष्ट्रिय सभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकका लागि संसद् सचिवालयले संभावित कार्यसूची गरेको छ ।

सार्वजनिक कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रिय सभा अन्र्तगत गठित विषयगत समिति सदस्यको नाम हेरफेर गर्ने कार्यसूचीसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।