बिहिबार, बैशाख १३, २०८१

एसीसी प्रिमियर कप: आज समूह विजेता बन्नकालागि नेपाल कतारसंग भिड्दै

काठमाडौं वैशाख १४,
एसीसी प्रिमियर कप अन्र्तगत आजको कतार र नेपालवीचको अन्तिम खेलको रोचक प्रतिस्पर्धा गर्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ सहित मैदानमा उत्रेको छ ।  यसअघिनै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको नेपाललाइ आजको खेलमा जित हारले खासै फरक नपरे पनि कीर्तिमान कायम गर्दै समूह विजेता बन्न ठूलै मदत भने पक्कै मिल्छ । त्यसोत समूह ‘ए’ बाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाई सकेको छ ।

पछिल्लो ३ खेलबाट पाँच अंक आफ्नो पोल्टामा पार्न सफल नेपालले आजको खेल जितेमा रन रेटको आधारमा समूह विजेताको किर्तिमान बनाउन सहज हुन्छ । त्यसअर्थमा पनि नेपालले आज कतारलाई हराउनु पर्ने क्यान पदाधिकारीहरुको निष्कर्ष रहेको छ ।

आजको खेलमा नेपालले रोहित पौडेल कप्तानीमा , कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशीलाइ मैदानमा उतारेको छ ।

त्यस्तै आजको अर्को खेलमा हङकङ र कुवेत भिड्दै छन् । यो खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । यसअघि ६ अंकका साथ यूएई सेमिफाइनलमा पुगिसकेको छ । आजको खेलमा विजेता बन्ने टिमले यूएईसं प्रतिस्पर्धा गर्नेछ ।  त्यस्तै एसीसी प्रिमियर कपमा सहभागी १० राष्ट्र मध्ये प्रत्येक समूहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । आगामी सोमबार फाइनल खेल हुने क्यानले जनाएको छ ।